कानुनमन्त्रीमा ढकाल, पोखरेल र नेम्वाङको चर्चा

काठमाडाै-नेकपामा कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीका लागि सांसदहरू भानुभक्त ढकाल, कृष्णभक्त पोखरेल र वसन्त नेम्वाङको नाम चर्चामा छ ।

उनीहरूमध्येबाटै एकजना मन्त्री हुने सम्भावना देखिएको प्रधानमन्त्री सचिवालय स्रोतले जनाएको छ ।

ढकाल, पोखरेल र नेम्वाङ तीनैजना प्रत्यक्ष निर्वाचित सांसद हुन् । ढकाल मोरङ ३, पोखरेल चितवन २ र नेम्वाङ पाँचथरबाट निर्वाचित भएका थिए । प्रधानमन्त्री ओलीसमक्ष जनजाति समुदायबाटै कानुनमन्त्रीमा बनाइनुपर्ने दबाब धेरै छ ।

 आजको नयाँ पत्रिकामा खबर छापिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?