काठमाडौंँ-मोटरसाइकलको पछाडि भागमा प्रेस लेखेर लागूऔषध ओसारपसार तथा कारोवार गरिरहेको अवस्थामा धनुषा गणेशमान नगरपालिका वडा नम्बर–४ घरभई हाल सिनामङ्गल बस्ने ३१ वर्षीय राजकुमार चौधरी पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त जनसेवाले अभियक्तु चौधरीलाई मङ्गलवार बिहान न्यूरोडस्थित पुरानो महानगरपालिका रहेका पार्किङक्षेत्रबाट पक्राउ गरेको हो । उनको साथबाट ठूलो मात्रामा लागूऔषध बरामद भएको जानकारी प्रहरीले दिएको छ ।
प्रेस लेखिएको ज ७ प १४०७ नम्बरको मोटरसाइकल नजिकै पार्किङ गरी हेल्मेट समेत नखोली ग्राहक कुरिरहेको अवस्थामा विशेष सुराकीका आधारमा सादा पोशाकमा खटेको प्रहरी टोली उनलाई पक्राउ गर्न सफल भएको हो ।
नेपाल–भारतको सीमा नजिकबाट लागूऔषध खरिद गरी काठमाडौंँमा विक्री वितरण गर्न सक्रिय चौधरीको पक्राउपछि लागूऔषध खरिद गर्न आएका वसन्तपुर बस्ने ३२ वर्षीय मोहम्द साहिदलाई समेत प्रहरीले पक्राउ गरेको छ ।
वृत्त जनसेवाका प्रमुख प्रहरी नायव उपरीक्षक टेकुनन्द लिम्बुका अनुसार अभियुक्त चौधरीले प्रेस लेखिएको मोटरसाइकल प्रयोग गरी भारतबाट लागूऔषध खरिद गरी सिधै काठमाडौँसम्म पु¥याइ विक्री वितरण गर्ने गरेको पाइएको छ । गाेरखापत्र दैनिकमा खबर छापिएकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया