काठमाडाैं : संयुक्त अरब र्इमिरेट्स (युएर्इ) सरकारले अाफ्नो देशमा रहेका अवैध विदेशी अाप्रवासी नागरिक र मजदुरलार्इ ३ महिनाभित्र वैध बन्नका लागि अाममाफी घोषणा गरेको छ । अाज (बुधबार) देखि शुरू हुने अाममाफी अवधिमा अवैध भनिएका विदेशीहरूले स्वदेश फर्कन वा काम र भिसा दिने व्यक्ति वा कम्पनी (स्पोन्सर) खोजेर कानूनसम्मत रूपमा युएर्इमै काम गर्न सक्ने भएका छन् ।
युएर्इ सरकारले अाममाफीको घोषणा गरेसँगै त्यहाँस्थित नेपाली दुताबासले लुकिछिपी रहेका नेपालीलार्इ यो अवसरको उपयोग गर्न अाग्रह गरेको छ । पछिल्लो अाममाफीसँगै युएर्इमा भिसा नै नभर्इ लुकिछिपी रहेका विदेशी नागरिकले जरिवाना र सजाय बिना नै स्वदेश फर्कन र काम गर्न सक्ने भएकाले समस्यामा फसिरहेका नेपाली नागरिकहरूलार्इ दुतावासले अवसरको उपयोग गर्न अाग्रह गरेको हो ।
दुताबासले युएर्इमा रहेका सवै अवैध नेपाली नागरिकलार्इ सम्पर्कमा अाउन पनि अनुरोध गरेको छ। अन्य देशका दुतावास र कुटनीतिक नियोगले पनि अाफ्ना नागरिकलार्इ सम्पर्कमा अाउन सूचना जारी गरेका छन् ।
अहिले अवैध रूपमा युएर्इमा रहेका विदेशीहरूले अाममाफीको अवधिभर सजाय र जरिवाना बिना नै स्वदेश फर्कन सक्ने, तर त्यसपछि २ बर्षसम्म युएर्इ जान प्रतिबन्ध लाग्ने त्यहाँको सरकारले निर्णय गरेको छ। तर यसअघि नै कानूनी मुद्दा लागेका र कालोसूचीमा परेकाहरूलार्इ भने अाममाफीको कुनै पनि प्रावधान लागु नहुने पनि युएर्इ सरकारले बताएको छ ।
कम्पनीबाट फरार भएका भनिएकाहरूका हकमा भने मुद्दा नै परेपनि बिना रोकावट युएर्इ छाड्ने सुविधा दिर्इएको छ । साथै, अाफुलार्इ युएर्इमा वैध बनाएर काम गर्न चाहनेका लागि त्यहाँको मानव संशाधन तथा र्इमिरिटार्इजेशन मन्त्रालयको अनलार्इनको जब मार्केटमा गर्इ अाफुलार्इ रजिस्टर गर्न सक्ने तथा अाफ्नोअवस्था बैधानिक बनार्इसकेपछि ६ महिनासम्म काम खोज्न त्यहाँको सरकारले अस्थायी भिषा दिने पनि अाममाफीको प्रावधानमा उल्लेख छ ।
युएर्इ छाड्न चाहने अवैध अाप्रवासीले एक्जिट परमिट लिन नजिकको र्इमिग्रेशन अफिसमा गर्इ अाफ्नो राहदानी वा ट्राभल डकुमेन्ट पेश गर्न सक्ने र प्लेन टिकट र २२० दिराम दस्तु तिरेर एक्जिट परमिटका लागि अावेदन दिनसक्ने त्यहाँको सरकारले जानकारी गराएको छ। अाफ्नो अवस्था वैधानिक बनाएर युएर्इमै रहन चाहनेले भने ५ सय दिराम तिर्नुपर्नेछ ।
अवैध अाप्रवासीहरूलार्इ अाममाफी कार्यान्वयनका लागि युएर्इ सरकारले देशभर ९ वटा एम्नेस्टी सेन्टरहरू स्थापना गरेको छ । युएर्इको समयअनुसार बिहान ८ देखि बेलकी ८ बजेसम्म यी सेन्टरहरू खुला रहनेछ ।
साउन १६ गते (अाज) देखि कात्तिक १४ गतेसम्मका लागि युएर्इ सरकारले अवैध विदेशीहरूका लागि अाममाफी घोषणा गरेको हो ।
युएर्इस्थित नेपाली दुतावासले गरेको अनुरोध :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया