धनगढी उडेको श्री एयरलाइन्सको विमान इन्जिन फेल भएपछि आकस्मिक अवतरण

लोकपथ
469
Shares

काठमाडौं । काठमाडौंबाट धनगढीको लागि उडेको श्री एयरलाइन्सका एक जहाजको इन्जिन फेल भएपछि काठमाडौं फर्काएर आकस्मिक अवतरण गरिएको छ ।

८७ जना यात्रुसहित धनगढीका लागि उडेको जहाज काठमाडौं फर्काएर सुरक्षित अवतरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जनाएको छ ।

विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार १२ः०८ बजे त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको हो । आकस्मिक अवतरण गराइएको जहाजका सबै यात्रु सुरक्षित रहेको उनले बताए ।

जहाजको सुरक्षित अवतरण भएको र अब प्राविधिक जाँच गरिने स्रोतको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?