वादी/प्रतिवादीका बीचमा टीकाटालो

काठमाडौँ – गत असारको अन्तिम साता कामु प्रधानन्यायाधीश दीपकराज जोशीको छोरीको टीकाटालो भयो । राजधानीको एक होटलमा आयोजित इन्गेजमेन्ट (टीकाटालो) कार्यक्रममा केही सय निम्तालु पुगेका थिए ।
त्यहाँ उपस्थित केही पात्र भने आगन्तुकका लागि आश्चर्यको विषय बने । ती पात्रका कारण केही न्यायाधीशहरूले कामु प्रधानन्यायाधीश जोशीलाई मुखमात्रै देखाएर फर्किए ।

इन्गेजमेन्ट कार्यक्रममा भ्रष्टाचारको आरोप लागेका चूडामणि शर्मा, विशेष अदालतबाट भ्रष्टाचारको मुद्दामा सफाइ पाई सर्वोच्च अदालतमा मुद्दा बोकिरहेका पूर्वसांसद ल्हारक्याल लामा, क्यासिनो रोयलका सञ्चालक सुरेश सिंहलगायत सहभागी थिए ।
एक प्रत्यक्षदर्शीका अनुसार कामु प्रधानन्यायाधीश जोशीले आफ्ना नजिकका मित्र भन्ने गरेका नारायण दाहालले आगन्तुकलाई स्वागत गरिरहेका थिए ।
केही न्यायाधीश र न्याय प्रशासनका उच्च अधिकारीहरूले ती व्यक्ति पार्टीमा सहभागी भएको पुष्टि गरेकाे खबर अाजकाे कान्तिपुरमा खबर छापिएकाे छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?