सर्वसत्तावादतिर उन्मुख भएको भन्दै सरकारविरुद्ध कांग्रेसको विरोध प्रदर्शन

शम्भु माली 

कपिलवस्तु । सरकारको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलेसरकार विरुद्ध बृहत विरोध प्रदर्शन गरेको छ ।

नेपाली कांग्रेस केन्द्रीय समितिको निर्देशन अनुसार नेपाली कांग्रेस कपिलवस्तुले मंगलवार दिउँसो २ः३० बजेदेखि विरोध गरेको हो । 

सरकार सर्वसत्तावादतिर उन्मुख भएको, देशमा महंगी बढेको जस्ता मुद्दा उठाई विरोध प्रदर्शन नेपाली कांग्रेस कपिलवस्तुका सभापति सुरेन्द्रराज अर्चायले बताए । प्रदर्शन बुद्ध पद्यम माविको चौरबाट शुरु भएर गौढी चौक हुँदै बजार  जिल्ला प्रशासन कार्यालय चोकमा आएर समापन भएको छ । 

कांग्रेसले वर्तमान सरकारलाई देशमा लोकतान्त्रिक पद्धतिको स्थापना गर्न समेत माग गरिएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?