गुलरिया नगरकार्यपालिकाको कार्यालय, बर्दियामा कार्यरत असिस्टेन्ट सव-ईन्जिनियर रमेश कुमार गौतम बबई बहुमुखी क्याम्पसको शौचालय निर्माण कार्यको कार्य सम्पन्न प्रतिवेदन तयार गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस रकम माग गरेको अभियोगमा पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कोहलपुरबाट खटी गएको टोलीले उनलाई दश हजार घुस सहित आज पक्राउ गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया