काठमाडौं उपत्यकाको विशेषता नै हो – घाम लाग्यो कि धूलो उड्ने, पानी प–यो कि हिलाम्मे हुने ।
मौसमका हिसाबले शीतल मानिने काठमाडौं यसपटक न गर्मी, न जाडोमै बित्ने देखिन्छ । काठमाडौंमा यसपटक गर्मीले काठमाडौंवासीलाई खासै अत्याएको छैन । बरु, धूलो बाधक बनेको छ दैनिकीमा ।
ग्लोबल वार्मिङका कारण विश्वभर भइरहेको परिवर्तनले काठमाडौंलाई नछुने कुरै भएन । अलिकति गर्मी बढ्यो कि, काठमाडौंवासी गर्मी छल्न नजिकैको जुस पसलतिर लागिहाल्छन् । धूलो उडिरहेको नै किन नहोस्, सडक छेउमा बेच्न राखिएका आइसक्रिम या जुस किन्न थालिहाल्छन् ।

दोलखाकी रमा थापाले सुनाइन्, ‘गर्मी बढ्यो, बेल्कासम्म धूलो र पसिनाले ढपक्कै ढाक्छ ।’
काठमाडौंमा गर्मी बढ्दै गएपछि विभिन्न स्थानमा पानीका जारहरु राखिएको छ । पैदल यात्रुहरु बाटोको छेउमा राखेका पानीका जारहरुबाट पानी पिउँछन् र अगाडि बढ्छन् ।
पानी पर्नासाथ सडकहरु हिलाम्यै हुन्छन् । घाम लाग्नासाथ बाटो धुलाम्मे हुन्छ । बिहान सफाचट भएर अफिस जान निस्केका कर्मचारी हिलोका छिट्टाको बुट्टा बनाउँदै घर फर्किन्छ ।
यता राजधानीका लस्सी तथा जुस पसल, आइसक्रिम पार्लर, कोल्ड ड्रिङ्क्स सेन्टरहरुको व्यापार गर्मीले बढाइदिएको छ ।

चोकमा उभिएर पसिना पुछ्दै पानी बेचिरहेका धादिङका सुदिप लम्सालले पानी धेरै पानी बिक्री हुने बताए । 'गर्मी लागेन भने त पानीका बोत्तल बेच्न पनि गाह्रो छ नि ।', उनले भने ।
गर्मी बढ्दै जाँदा काठमाडौंवासीलाई गर्मीसँग मात्र हैन, धूलोबाट पनि उत्तिकै जोगिनुपर्ने अवस्था छ । भोटाहिटी चोकको पुलनिर भेटिएका युक युवा भन्दै थिए, 'काठमाडौंका मेयरले एक वर्षमै धूलो हटाउने भन्थे, अहिले उनी आफै धूलोबाट जोगिन बाहिर निस्कन छोडेजस्तो छ ।'
जे होस्, गर्मीले जुस तथा आइसक्रिमको व्यापार भने बढाएको छ । लोकपथकर्मी विनोद थापाले काठमाडौंका विभिन्न स्थानमा पुगी गर्मीमय केही तस्वीर खिचेका छन्ः











यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया