जिवित सालक सहित दुईजना पक्राउ

काठमाडौं । चितवनको इच्छाकामना गाँउपालिका वडा नम्वर–५ मुग्लीनबाट जिवित सालक सहित दुईजना पक्राउ परेका छन् । 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइवीले जिवित सालक विक्री वितरण गर्न हिडेका गोरखा आरुघाटका २८ वर्षीय टेकबहादुर गुरुङ र पाल्पा बगनासका ३५ वर्षीय प्रेमबहादुर थापामागर पक्राउ परेका हुन् । 

उनीहरुको साथबाट एउटा जिवित सालक बरामद भएको छ । उनीहरुलाई थप कारवाहीका लागि जिल्ला वन कार्यालय चितवनलाई बुझाइएको ब्यूरो प्रहरीले जनाएको छ । 

ब्यूरो प्रहरीले वातावरण तथा बन्यजन्तुसंग सम्वन्धित अपराध रोकथाम, नियन्त्रण तथा अनुसन्धानका लागि विशेष टोली नै परिचालन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?