काठमाडौं– बुधबारदेखिको अरिल वर्षापछि भक्तपुरको हनुमन्ते, खसाङखुसुङ र मनहरा लगायतका खोलाहरुमा आएको बाढीले भक्तपुर नगरपालिका, चाँगुनारायण नगरपालिका, सुर्यविनायक नगरपालिका, मध्यपुरठिमी नगरपालिका नदी आसपासका सम्पुर्ण क्षेत्रहरु डुबानमा परेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
परिसरका सू्चना अधिकारी प्रहरी नायव उपरीक्षक रेवती रमण पोखरेलले ७८८ नेपाल प्रहरी, नेपाली सेना र सशस्त्रर प्रहरी बलको संयुक्त टोलीले बाढी तथा डुवानमा फसेका १११ जनाको सकुशल उद्धार गरेको जानकारी दिए ।
जसमध्ये सल्लाघारीकी अमृता श्रेष्ठ र अरुली श्रेष्ठ तथा सिर्जनानगरकी सोमती लामा सामान्य घाइते भएको बताउँदै उनले भक्तपुर अस्पतालमा सामान्य उपचारपछि उनीहरु घर फर्किएको जानकारी दिए ।
प्रहरीले चाँगुनारायण नगरपालिका ७ मझुवामा बिहान पहिरो गएर बुद्ध लामाको १ तले घर पुरिदा एकै परिवारका तीन जनाको मृत्यु भएको पनि जनाएको छ ।
मृत्यु हुनेमा ७० वर्षीया हिरा लामा, ६५ वर्षीया पानमाया लामा र ३० महिनाकी सम्पदा लामा रहेका छन् ।
यसैबीच पोखरेलका अनुसार बाढीको कारण हाल सम्म चौपाया २५, कुखुराको चल्ला २००० बगाएको, ५० घर तथा टहरामा आंशिक क्षती भएको, करीब ५०० घर परिवार आंशिक विस्थापित हुनका साथै अन्न बाली, लत्ता कपडा लगायतका जिन्सी सामानहरु क्षति भएको जानकारी प्राप्त भएको छ । क्षतिको एकिन विवरण संकलन गर्ने कार्य जारी रहेको पनि उनले जानकारी दिए ।
बस्तीमा बाढी पसेपछि बिहिबार बिहान साढे २ बजेदेखि नै सुरक्षित रहन माईकिङ्ग गरिएको र डुवान भए पश्चा२त तत्कालै उद्धार कार्य शुरु गरिएको उनको भनाई छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया