काठमाडौं । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले गुणस्तरीय मल उत्पादनका लागि कृषकहरुलाई अनुदान दिने घोषणा गरेका छन् ।
बिहिबार काठमाडौंमा आयोजित ‘नेपालमा जैविक खेती’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री खनालले नेपालमा जैविक खेतीको उत्थानका लागि प्रदेश नम्बर ६ लाई मुख्य केन्द्र बनाएर सरकारले विभिन्न अभियान सञ्चालन गर्ने योजना बनाएको बताए ।
साथै विभिन्न मुलुकबाट नेपालमा आयात भइरहेको मलको गुणस्तर चेकजाँचका लागि आवश्यक प्रतिधिको विकास गर्ने समेत बताए ।
गुणस्तर मतको चेकजाँचका लागि आवश्यक प्रविधिको विकासमा जोड दिने नीति लिएको स्पष्ट पारे । जैविक खेतीको उत्थानका लागि विषादी नियन्त्रण गर्न आवश्यक योजना बनाउने प्रतिबद्धता पनि मन्त्री खनालले व्यक्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया