काठमाडौँ– छोराको हत्यारालाई कारवाही गराउने मागसहित गत जेठ १५ गते (गणतन्त्र दिवस) देखि पुनः अनशनरत गोर्खा फुजेलकी गङ्गामाया अधिकारीले सबै अभियुक्तलाई पक्राउ गरी सजाय नतोकेसम्म अनशन नतोड्ने अडान लिएकी छन् । आजको गोरखापत्र दैनिकमा खबर छापिएको छ ।
काठमाडौँको वीर अस्पतालमा ४४ दिनदेखि अनशनरत गङ्गामायाले आफू न्यायका लागि लडिरहेको र न्याय नपाउँदासम्म अनशन जारी राख्ने बताइन् ।
उता छोरा कृष्ण अधिकारीको हत्याका आरोपी चितवनका छविलाल पौडेलले सर्वोच्च अदालतसमक्ष आत्मसमर्पण गरिसकेका छन् । पौडेल पुर्पक्षका लाभएकी छैनन् ।
‘आत्मसमर्पण मेरो अनशन तोडाउने नाटक हो, मैले त्यही बुझेकी छु, मेरो छोरा मार्ने सबै अभियुक्तलाई सर्वस्वसहित आजीवन कारावास हुनुपर्छ अन्यथा कसैले भनेको भरमा अनशन तोडदिन मेरो अब के नै बाँकी रहेको छ र रु?गङ्गामायाले भनिन्–‘कति सजाय हुने हो त्यो तोक्नुप¥यो, चार वर्षदेखि बेपत्ता छोरा खोज्नुप¥यो, पतिको दाहसंस्कार गर्नुप¥यो ।’
वि।सं। २०६२ जेठ २४ गते छोरा कृष्ण अधिकारीको तत्कालीन माओवादी कार्यकर्ताले हत्या गरेको आरोप अधिकारी परिवारको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया