दैलेख – ठाँटीकाँध गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेको डेढ महिना नबित्दै सरुवा भएको छ । गाउँपालिका अध्यक्षले गैरकानुनी रूपमा काम गर्न दबाब दिएको र भनेको नमान्दा सरुवा गरिएको उनको आरोप छ ।
‘अध्यक्षले नियमविपरीत विभिन्न काम गर्न खोज्दा मैले रोक्न खोजेँ, त्यसैले डेढ महिनामै सरुवामा परियो,’ उनले भने, ‘जनप्रतिनिधिको दबाबका कारण कर्मचारीले राम्ररी काम गर्ने वातावरण छैन ।’
उपभोक्ता समितिले पेस्की लिन नपाउने नियम भए पनि अध्यक्ष धीरबहादुर शाहीले आफ्नो छोराको खातामा योजनाको रकम जम्मा गरेको उनको आरोप छ । कान्तिपुर दैनिकमा खबर छापिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया