घरको ढोका र सिसि क्यामेरा फटाएर चोरी गर्ने दुईजना पेसेवार समातिए

काठमाडौं । राजधानीका विभिन्न स्थानमा योजनाबद्ध ढंगले चोरी गर्दै आएको एक समूहलाई प्रहरीले बुधवार पक्राउ गरेको छ । 

महानगरीय अपराध अनुसन्धान महाशाखाले घर, सहकारी तथा वित्तिय संस्थाको ताला तथा सीसी टीभी फुटाएर चोरी गर्ने कार्यमा संलग्न दुई जनालाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेहरुमा नुवाकोट नर्जामाण्डौका २९ वर्षीय बुद्धे उर्फ दिपेश भन्ने बुद्धबहादुर तामाङ र २२ वर्षीय सुजन तामाङ छन् । यी दुईजनाले यही नौ गते तारकेश्वर शुभकामना चोकस्थित कोपिला धमला अधिकारीको घरमा चोरी गरेको महाशाखाले जनाएको छ । 

उनीहरु घरको ताला फोडेर दराजमा रहेको ११ लाख २ हजार नगद, सुनको ब्रासलेट, मोटरसाइकल लगायत १ लाख ९४ हजार बराबरको चोरी गरेर भागेका थिए ।

प्रहरीले अनुसन्धानका गर्ने क्रममा उनीहरुको साथबाट  १ लाख ९९ हजार नगद, चोरीमा प्रयोग हुने फलामको रड, सुन चाँदीका गरगहना लगायत विभिन्न चोरीका सामाग्रीहरु बरामद गरेको छ । 

अनुसन्धानका क्रममा उनीहरुले पुरानो गुहेश्वरी, बालाजु, मनमैजु, ललितपुरको हात्तिवन लगायतका क्षेत्रमा चोरी गर्ने गरेको महाशाखाका प्रवक्ता एसपी नरेन्द्र उप्रेतीले खुलासा गरेका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?