झमझम वर्षात, धुमिल आकाश, निथ्रुक्क भिजेका पैदल यात्री, केही रङ्गीविरङ्गी छातामा ओतिँदै हिँडेका, कोही रेनकोट ओढेर पनि बाछिटे पानीले रुझेका ।
नेपालमा यति बेला मनसुन सक्रिय भएको छ ।
देशभर वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखा भन्छ अझै केही दिन पानी पर्छ ।
………………
यता एकजना अंकल पत्रिकामा टाउको लुकाएर कुद्दैछन् । पानी परेकामा त्यत्ति खुसी देखिँदैनन् उनी ।
‘यो पानी पनि कति पर्न सकेको छि ! अफिस जान ढिलो भइसक्यो ।’
………………..
उतातिर प्रेम जोडी हात समाएर एउटै छातामा रोमान्टिक मौसमको आनन्द लिँदैछ ।
कतै युनिफर्म लगाएका विद्यार्थीहरु खाल्डाखुल्डीबाट तर्किंदै हिँडिरहेका छन् त कतै साना नानीबाबुहरु वर्षाको प्रत्येक थोपालाई आफ्नो अंगालोमा कैद गर्न खोज्दैछन् ।
कतिजना आफ्नै घरको बरन्डामा चियाको चुस्कीसँगै वर्षातको आनन्द लिँदै होलान् ।
जे होस्, सबैलाई मनसुन लागेको छ ।
तर राजधानीका पिच सडकहरुमा जमेको फोहोर पानीले सरकारलाई नै गिज्याइरहेको जस्तो देखिन्छ ।
झरी परेको बेलामा यस्तो देखियो कावमाडौँ :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया