युवराज पंगाली – सुर्खेत निर्वाचन क्षेत्र नम्बर–२ का सांसद नवराज रावतले विद्युत समस्या समाधान गर्न माग गरेका छन् ।
सोमबार बसेको प्रतिनीधि सभा बैठकमा उनले सामान्य कारणले विद्युत अनियमित हुँदा उद्योग, व्यवसायसँग आमनागरिकलाई सास्ती खेप्नु परेको बताए ।
श्रम तथा रोजगार, गृह, परराष्ट्र, भौतिक योजना, प्रधानमन्त्रि तथा मन्त्रिपरिषद र उर्जा तथा जलस्रोत मन्त्रालयका लागि बजेट बिनियोजन प्रस्तावमा आफ्नो भनाई राख्दै उनले यस्तो बताए ।
उनले सुर्खेतको विद्युत समस्या समाधानका लागि वीरेन्द्रनगरदेखि पश्चिम विजौरासम्मको ३३ केभी प्रशारण लाईन निर्माण गर्नुपर्ने माग सरकारसमक्ष राखे ।
वीरेन्द्रनगरदेखि पश्चिममा विद्युतको प्रशारण लाइन विस्तारमा सरकारले १ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ । सरकारले ग्रामिण क्षेत्रको विद्युत विस्तारका लागि विनियोजन गरेको बजेट सुर्खेतका लागि हातिको मुखमा जीरा जस्तै भएको बताए ।
सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ का ३१ वडाहरुमा विद्युत विस्तारका लागि ३१ करोड बजेट सरकारले विनियोजन गर्नुपर्ने माग राखे ।
‘वीरेन्द्रनगरका १६ वडामध्ये १४ वडा निर्वाचन क्षेत्र नम्बर २ मा पर्छन, हाल कर्णाली प्रदेश राजधानी पनि हो ।’ उनले भने, तर प्रदेश राजधानीका सबै वडाहरुमा विद्युत पुगेको छैन् । त्यस ठाउँका जनताले अन्धकार र शौर्य उर्जाकै भर पर्नुपर्ने अवस्था छ ।’
सरकारले उपेक्षा गरेकै कारण सुर्खेतमा विद्युत समस्या समाधान हुन नसकेको बताए ।
विद्युतलाईत विस्तारका लागि केन्द्र सरकारले विनियोजन गरेको बजेट समेत कार्यान्वयनमा आउन नसकेको बताए ।
‘कोहाल्पुर–सुर्खेत १३२ केभी प्रशारण लाइन निर्माण थालिएको चार वर्ष भयो’ उनले भने, ‘तर, पटक–पटक बजेट विनियोजन हुने र फ्रिज जानेबाहेक अरु प्रगति केही भएको छैन् । त्यहाका व्यापारिदेखि आम नागरिकले प्रयाप्त विद्युत पाएका छैनन् ।’
सामान्य हावाहुरी आएपछि सुर्खेतबासीले अन्धकारमा बस्नुपर्ने समस्या रहेको भन्दै कोहल्पुर–सुर्खेत विद्युत प्रशारण लाइनको रुट परिवर्तन गर्न उनले माग गरे ।
‘कोहोल्पुर–सुर्खेत विद्युत प्रशारण लाइनमा बर्दिया राष्ट्रिय निकुञ्ज पर्छ ।
निकुञ्जमा हावाहुरी र जनावारका कारण वत्ति विग्रियो भने तत्कालै निर्माण तथा मर्मत गर्न निकै चुनौती छ’ उनले भने, ‘नियमित विद्युत आपुर्ती र सुर्खेतबासीका लागि दाङको हापुरे हुँदै नयाँ विद्युतको प्रशारण लाईन विस्तार गर्नुपर्ने हुन्छ ।
अव सरकारले दाङ्गको हापुरे, सुर्खेतको मालारानी, छिञ्चु हुँदै वीरेन्द्रनगरमा विद्युत पु¥याउन तर्फ ध्यान देओस् ।’
कोहोल्पुर–सुर्खेत विद्युत प्रशारण लाईन विस्तार भन्दा दाङ्गबाट केही लामो दुरी परेपनि विद्युत समस्या समाधान हुने बताए ।
जसका लागि सरकारले ६ करोड ७० लाख रुपैयाँ विनियोजन गर्नुपर्ने उनको माग थियो ।
यस्तै, भेरी र कर्णाली नदिमा तटबन्ध नहुँदा बाढीको उच्च जोखिममा बस्ती रहेको बताए ।
जसका लागि सरकारले ठुला नदिमा तटबन्ध गर्न आवश्यक बजेट विनियोजन गर्नुपर्ने बताए ।
उनले चौकुने गाउपालिका–२ को बिकासी कुलो र सुर्खेतका नौ वटा स्थानीय तहमा रहेका प्रहरी चौकीको स्तरोन्नतीलगातत गर्नुपर्ने माग उनले सदनमा राखेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया