मैले आफैंलाई गोली हान्न लगाएको हैन : हिन्दु धर्मगुरु श्रीनिवासचार्य (प्रेस विज्ञप्तीसहित)

गत वर्षको चैत्र २५ गते मोरङको विराटनगरमा गोली लागेका श्रीनिवासाचार्यले आफूमाथि झुटो आरोप लगाईएको भन्दै राष्ट्रिय छानविन आयोग गठन गर्न माग गरेका छन् । पत्रकार सम्मेलन गरेर श्रीनिवासाचार्यले जिल्ला अदालत मोरङले सामान्य तारेकमा रिहा गरेको जानकारी गराउँदै आफ्नो चरित्र हत्या गर्न आफूलाई झुटो आरोप लगाइएको भन्दै दोषीलाई कारबाही  गर्न माग गरेका हुन् । उनले पत्रकारले समेत पात्रकारको रुपमा काम गरेको भन्दै सत्य सूचना समाजका बीचमा जानबाट बञ्चित भएको गुनासो गरेका छन् ।

असार ८ गते जिल्ला अदालत मोरङले श्रीनिवासाचार्यको बारेमा झिकाईएका मिसिलहरुको सुनुवाई गर्दै सामान्य तारेकमा रिहा गरेको हो । 
सरकारबाट न्याय पाउन नसकेको आफूलाई राज्यको ऐना पत्रकारले पनि एकपक्षिय भएर समाचार सम्प्रेषण गरेको उनको आरोप छ । आफ्ना शुभचिन्तक र अंगरक्षकलाई चरम यातना दिएर बलजफ्ती औंठा छाप लगाउने काम गरिएको बारे आफ्ना अनुयायीलाई थाहै नदिई एकोहोर आफैलाई गोली  हानेको अर्नगल प्रचार लाखौं कहाँ पुग्यो । पत्रकार र मिडियाप्रति लक्षित गरेर उनले भने, मलाई नै कुनै कुरा बोल्न नदिएर एकतर्फी पत्रकार सम्मेलन गरेर आफूले आफूमाथि गोली प्रहार गर्न लगाएको हो भन्ने समाचार विश्वले थाहा पाउने गरि प्रकाशित भए, सत्य जानेर समाचार लेखिएन, मनगढन्ते र अरुका कुराहरु सुनेर समाचारहरु प्रकाशित भए ।’ झुटको खेती गरेर अपराधीलाई उन्मुक्ति दिने काम गरियो, यसको भित्री कारण खोज्नको लागि कोही तयार भएन, मलाई यस कुराले दुःखि बनायो ।’

प्रेस विज्ञप्ती 

मितिः२०७५।०३।१२
हिन्दु अधिराज्यका अभियान्ता एवं धर्म गुरु युवा सन्त श्रीनिवासाचार्यद्धारा जारी प्रेस–विज्ञप्ति
विराटनगर महानगरपालिका वडा नं। १४ जतुवा स्थित रामजानकी मन्दिरमा भोली पल्टबाट सुरु हुने भागवत पुराण वाचन गर्ने सिलसिलामागई वासवसेको अवस्थामा शौचालयबाट फर्कदै गर्दा मलाई मिति २०७४ चैत्र २५ गते विहानको राती अन्दाजी १ः४५ बजे अज्ञात समूहबाट गाली व्यजति गर्दै गोली प्रहार गरेको थियो ।
सो घटना पश्चात मलाई उपचार गराउन तत्काल संग्लन सहयोगीहरुले स्थानीय सप्तकोशी नर्सिङ्ग होममा पू¥याउदा भर्ना लिन नमाने पछि तत्काल न्युरो अस्पताल, विराट नगरमा भर्ना गरि त्यहाँ चिकित्सकहरुद्धारा उपचार भई नया जीवन प्राप्त गरे ।
यस घटनाको दोषी खोज्ने क्रममा राज्यपक्ष असफल भएकोले झुठा अभियोग सहितको अनुसन्धानको भरमा सत्य तथ्य छानविन नगरी उल्टै म र मेरा उपचारमा संलग्न भक्तजन तथा सहयोगीहरुलाई घटनाकार भनि मुद्धा चलाउने कार्य भयो ।

यस कार्यबाट वास्तविक अपराधिले उन्मुक्ति त पायो–पायो । उल्टै म लगायत मेरा सहयोगीहरु राज्यको अनुसन्धानक्रमका सिकार भयौं । अन्तत हकम जोड एवं पूर्वाग्रही राज्यपक्षको जिल्ला प्रशासन कार्यालय, मोरंगले मिति २०७५।०२।१६गते थुनामा राखि कार्वाही गर्न दिएको आदेश गत २०७५।०३०।८ गते सम्मानित जिल्ला अदालत मोरंगले बेरीतको आदेश ठहर गर्दै उक्तआदेश उल्टाई दियो र म रिहाभए ।
सम्मानित अदालत र मेरो पक्षबाट वहस गर्नु हुने कानून व्यवसायी बरिष्ठ अधिबक्ता द्धय प्रा।डा। विजय सिंह सिजापति तथा विपुलेन्द्र चक्रवर्ति एवं अधिवक्ता द्धय राजकुमार राउत र बिनोद फुयलालगायत सम्पूर्णमा आभार व्यक्त गर्दछु ।

बिगत १२ वर्ष देखि मैले नेपाललाई हिन्दु राज्य कायम गरियोस, गौ हत्या बन्द गरियोस, विश्वको पवित्र धार्मिक स्थल नेपालको संरक्षण र प्रवद्र्धन गरियोस भनि गरिएका अथक प्रयास एवं शान्तिपूर्व आन्दोलनलाई नरुचाउने उल्टै रिस र डाहा गर्ने देशी–विदेशी केहीशक्ति केन्द्रहरुको निर्देशनमा हिन्दु धर्म प्रतिम र मेरो व्यक्तिगत चरित्रमाथि आँच पु¥याउने उदेश्यबाट प्रेरित भै सरकारी कारवाही अग्रसर भएको देख्दामलाई अत्यन्तदुःखलागेको छ ।

मलाई गोली किन हानीयो रु खतरा जनक स्वास्थ्य अवस्थाबाट सामान्य स्वास्थ्य अबस्थामा प्रवेश गर्न नपाउदै उल्टै आफैद्धारा गोली हान्न लगाएको भनिमिति २०७५।०१।२४गते विहान १०ः३० बजेको नेपालवायुसेवा निगमद्धारा थप उपचारका लागि भारतको नयाँदिल्ली प्रस्थानगर्ने क्रममा त्रिभुवनअन्तर्राष्ट्रिय बिमान स्थलको भित्री कक्षबाट वेहोस हुने स्प्रे प्रयोग गरि अपहरण शैलीबाट विराटनगर पु¥याई सोहीदिन दिउसो २ बजे जिल्ला प्रहरी कार्यालय मोरंगले पत्रकार सम्मेलन गरि हत्याको आरोपमा मेरो सुरक्षाकर्मी माधव चौधरीको वयानको आधारमा भनि मसँग कुनै सोधपुछ नै नगरी षडयन्त्र पूर्वक तवरबाट हिन्दु राज्य कायम गर्नका लागि हिन्दुवादीहरुलाई आन्दोलीत गराउन भनि हचुवाको भरमा आरोप लगाइयो । 

परिणाम त मेरा भक्तजन, शुभेच्छुक एवं सहयोगी सबैलाई यस घटनाले स्थब्धतुल्यायो र वास्तविकताको धरातलमा उभिएर यर्थाथ समिक्षा गर्न र सत्य तथ्य पत्ता लगाउन आवश्यक सहयोग समेत सबै पक्षबाट मैले महसुस गर्न सकिन ।

एकोहोरो, ओरालो लागेको मृगलाई सबैले हेप्छ भने झै, उल्टै म माथि दुष्प्रचार गरि सहयोगीहरुको ढोका समेत बन्दगर्ने कार्य भयो । यस प्रतिमलाई अत्यन्तदुःखलागेको छ ।
मिति २०७५।१।२४गते जिल्ला प्रहरी कार्यालय मोरंगले केवल माधव चौधरीको यातनायुक्त दवावको वयानको आधारमा मलाई कुनै सोध पुछ नगरी गरेको र मलाई बोल्न समेत नदिएको पत्रकार सम्मेलनको निन्दाएवं भत्र्सना गर्दछु । त्यो सत्य तथ्य घटना होइन केवलहिन्दु धर्म, म र मेरा सहयोगीहरुलाई चरित्र हत्यागर्न एवं बदनाम गर्न प्रयोग गरिएको षडयन्त्र मुलक पत्रकार सम्मेलन राज्यद्धारा गरिएको थियो । 
यसर्थ, यस घटनाको आवश्यक सत्य तथ्य छानविन गर्न निष्पक्ष छानविन आयोग गठन गरि म माथि भएको अन्याय बिरुद्ध न्याय दिलाई दिनु हुन सम्पूर्ण समूदायएवं पत्रकार बन्धुहरु समक्षा हार्दिक अपील गर्दछु ।
                                                       

श्रीनिवासाचार्य,
श्री दिनेशप्रसाद पण्डित
काठमाण्डौं 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?