काठमाडौं- प्रहरीले कडा कारबाही गर्दासमेत मादक पदार्थ सेवन (मापसे) गरी सार्वजनिक सवारीसाधन चलाउनेको संख्या घट्न सकेको छैन ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार ट्रक, बस र भाडाका कारचालकले मापसे गरेर चलाउने गरेको भेटिएको छ । लामो दुरीमा चल्ने रात्रि बसका चालकसमेत मापसे गरेको अवस्थामा समातिएका छन् ।
महाशाखाको तथ्यांकअनुसार गएका ६ वर्षमा उपत्यकाभित्र मात्रै मापसे कारबाहीमा भाडाका २ हजार ३ सय ९५ सवारीसाधन कारबाहीमा परे । त्यसमा सबैभन्दा धेरै ट्रक, बस र भाडाका कार चलाउने चालक छन् । आजको नयाँ पत्रिकामा यसबारे विस्तृत समाचार छापिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया