गत शनिबार एसईईको नतिजा प्रकाशन भयो ।
तोकिएको समयभन्दा झण्डै चार घण्टा ढिलो गरि ।
अघिल्लो हप्ता नै प्रकाशन गर्ने भनिएको नतिजा प्राविधिक तयारीको नाममा एक हप्ता सारिएको थियो ।
यद्यपी नतिजा प्रकाशन भएपछि देखिएको गम्भिर त्रुटिका कारण विद्यार्थी, अभिभावक र विद्यालयहरुले निकै तनाव खेप्नुपर्यो ।
त्यसैले एसईईको नतिजामा देखीएको प्राविधिक त्रुटिका विषयमा छानबिन गरिने भएको छ ।
सार्वजनिक भएको परीक्षाफलमा प्राविधिक गडबडी भएको र विद्यार्थी तथा विद्यालयले असन्तुष्टि जनाएपछि धेरै विद्यार्थीको नतिजामा आइतबार ग्रेड वृद्धि भएको थियो ।
नतिजा प्रकाशन गरेको भोलीपल्ट त्रुटि सुधार गरी विद्यार्थीलाई वास्तविक ग्रेडसिट उपलब्ध गराइएको र छानबिनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पठाइएको परीक्षा नियन्त्रण कार्यालयका नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया