बनेपा दुर्घटना अपडेट : ६ घाइते, ३ जनाको अवस्था गम्भीर

काभ्रे । काभ्रेको बनेपा– ५ रबिओपीमा मिनी ट्रकमा दुर्घटनापछि आगो लागेको छ । 

दुर्घटना ६ जना घाइते भएका छन् भने घाइतेमध्ये ३ को अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक सुनिलजंग शाहले जानकारी दिए ।

घाइते उनीहरुको अहिले शिरमेमोरियल अस्पताल बनेपामा उपचार भइरहेको छ ।

देवीटारबाट बनेता तर्फ आउँदै गरेको बा ४ ख ३४१२ नम्बरको मिनी ट्रकमा आगो लागेको हो । 

ट्रकमा करिब १२ जान यात्रु सवार थिए । दुर्घटना भयानयक भए पनि मानवीय क्षती हुनबाट भने जोगिएको छ । 

दुर्घटनाग्रस्त ट्रकमा लागेको आगो निभाउन दमकल बोलाइए पनि १ घण्टा ढिलो पुगेको भन्दै स्थानीय आक्रोसित बनेका छन् ।

मिनी ट्रक सडकबाट करिब ३० मिटर तल खसेको र दुर्घटनाबारे थप अनुसन्धान भइसरको प्रहरी सुनिलजंग शाहले जानकारी दिए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?