बनेपामा मिनी ट्रकमा दुर्घटनापछि आगो लाग्यो, विस्तृत विवरण आउन बाँकी

काभ्रे । काभ्रेको बनेपा– ५ रबिओपीमा मिनी ट्रकमा दुर्घटनापछि आगो लागेको छ । 

देवीटारबाट बनेता तर्फ आउँदै गरेको बा ४ ख ३४१२ नम्बरको मिनी ट्रकमा दुर्घटनापछि आगो लागेको हो । 

ट्रकमा करिब १२ जान यात्रु सवार थिए । 

मिनी ट्रक सडकबाट करिब ३० मिटर तल खसेको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक सुनिलजंग शाहले जानकारी दिए । 

घटनाको बिस्तृत विवरण आउन बाँकी ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?