काठमाडौं । केही महिनाअघि भारतमा सम्पन्न भएको आइपिएल क्रिकेट खेलमा सट्टेवाजी लगाई दुई करोड २४ लाख ठगी गरी फरार भएका ४८ वर्षीय अमृत भन्ने नथमल अग्रवाल उर्फ नागराज पक्राउ परेका छन् ।
उनलाई आज विहान राजधानीको पानीपोखरीबाट पक्राउ गरिएको हो ।
महानगरीय प्रहरी अपराध महशाखाका अनुसार, आइपिएल क्रिकेट सट्टेवाजी खेलका सञ्चालक नागराजले महोत्तरीका राजेश अग्रवाल लगायत विभिन्न ब्यक्तिसंग नगद उठाइ सट्टेवाज खेल्ने नाममा नगद लिएर फरार भएका थिए ।
धनुषा जनकपुर घरभइ हाल काठमाडौं बस्दै आएका नागराज विरुद्ध ठगी मुद्धामा आवश्यक कानुनी कारवाहीको तयारी भइरहेको महाशाखाका प्रवक्ता नरेन्द्र उप्रेतीले बताएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया