सप्तरी । वर्षा शुरु भएसँगै सप्तारीका स्थानीयबासीहरु त्रसित बनेका छन् ।
गत वर्ष आएको बाढीले जिल्लास्थित खाँडो, महुली, सप्तकोशी, खड्ग, त्रियुगासहित विभिन्न खोलामा आएको बाढी वस्तीमा प्रवेश गर्दा हजारौँ घर बगाएको थियो ।
गत वर्ष आएको बाढीले तहसनहस पारेको सम्झँदै जिल्लास्थित नदी, खोला आसपास घर बनाएर बसोबास गर्दै आएकाहरु पुनः बाढी आउन सक्ने भन्दै त्रसित बनेका हुन् ।
अर्काे वर्षाको मौसम आइसक्दा समेत नदी, खोलाको बाँध बाँध्ने काम सकिएको छैन् । बाँध बाँध्ने काम पनि विगतको जस्तै बालुवाको प्रयोग गरेर गरिरहेका छन्, ठेकेदारहरुले ।
स्थानीय भन्छन्, बालुवाको प्रयोग गरेर निर्माण भइरहेको बाँध लगातार दुई दिनसम्म पानी परे भत्किन सक्ने बताउँछन् ।
त्यस्तै सप्तरी प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार बाढी आउने सम्भावनाप्रति आफूहरु सचेत रहेको बताउँछन् । वर्षा शुरु भएसँगै नदी खोला छेउका बासिन्दाहरु त्रसित छन्, उनले भने ।
‘बाढी पूर्व योजनाहरु बनाउँदै क्लस्टरहरुले गर्नुपर्ने काम, प्रतिकार्य योजनाहरु तयार गरिसकेका छौं’, उनले भने, “सरोकारबालाहरुसँग निरन्तर सम्पर्कमा छौं । उनीहरुसँग सम्पर्क र समन्वय गरेर अघि बढ्नेछौं ।’
यो सन्दर्भलाई विचार गरेर भर्खंरै विपद् व्यवस्थापन समितिको बैठक बसी प्रतिकार्य योजनाहरु बनाइसकेको जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया