दुनै : डोल्पाको एक गुम्बाबाट सिद्दार्थ गाैतम बुद्दका ८ वटा एेतिहासिक मूर्ति चोरी भएका छन् । शे–फोक्सुन्डो गाउँपालिकामा पर्ने रिग्मो गाउँको थासोङछोलिङ गुम्बाबाट आधा दर्जन बुद्धका मूर्ति चाेरिएका हुन् ।
गुम्बाका शांखे लामा र रिग्मोबासी यार्सा टिप्न पाटन गएको माैका छोपी गुम्बाट ८ वटा मुर्ति चोरिएको हो । चोरिएका मुर्तिमध्ये एउटा साढे एक फिटको र अन्य ७ वटा साना मुर्ति रहेको स्थानीयबासीले जानकारी दिएका छन् ।
यार्सा टिप्न जानेहरूले सोही बाटो भएर फर्किँदा मूर्ति चोरी गरेको हुनसक्ने स्थानीयको अाशंका छ । मुर्ति चोरिएकोबारे स्थानीयबासीले जिल्ला प्रहरी कार्यालयमा जानकारी गराएका छन् ।
यार्सा टिप्ने माैसममा माथिल्लो डोल्पाका अधिकांश गुम्बाका बुद्द मुर्ति चोरी हुने गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया