नेपाल प्रहरीको व्यवसायिक सुधारमा यसरी सफल हुदैछन् सर्वेन्द्र खनाल

रमेश खड्का
काठमाडौँ । लामो समयदेखिको सांगठनिक कुशासन, ध्रुबिकरण, राजनैतिक हस्तक्षेप, निजि स्वार्थ हाबि हुँदा भेन्टिलेटरमा राखेको बिरामीको झैं हविगत भएको नेपाल प्रहरीले नयाँ प्रमुखमा सर्वेन्द्र खनाल नियुक्त भएपश्चात् आशाका केहि किरणसहित सन्तोषको श्वास फेरेको थियो ।

जसलाई खनालले आफ्नो तिन महिने कार्यकालको खटाई एवं गराईले प्रमाणित गरिदीएका छन् ।

विभिन्न स्वार्थहरु हावी हुँदा नियमित रुपमा हुनु पर्ने सरुवा लामो समय रोकिएकाले एक किसिमको नैराश्यताको अवस्थालाई अन्त्य गर्दै निश्चित समयको अन्तरालमा सबै दर्जाको सरुवा गर्न खनाल सफल भएका छन् ।

यो बिचमा अवसरबाट बञ्चित नयाँ अनुहारले समेत ईलाका र जिल्ला ईन्चार्जको जिम्मेवारी पाएका छन्। प्रहरी जवान देखि प्रहरी नायब महानिरिक्षकसम्मको सरुवा निश्चित मापदण्ड बनाई गरिनाले एकाध बाहेकका सरुवामा आईजीपी खनालले जस पाउन सफल भए ।

५ देखी २० बर्ष सम्म प्रहरी मुख्यालय र आकर्षक कार्यालयहरुमा कार्यरत रहि पहुँचको आधारमा सुबिधा भोग गरिराखेका सई असई, प्रहरी जवान, प्रहरी हवल्दारहरुको न्यायोचित सरुवा गरी एक प्रकारको सिण्डिकेट तोड्न सफल आईजीपी खनालले चौतर्फि वाहवाही कमाईराखेका छन् ।

त्यस्तै बिगतमा रिक्त स्थान हुँदा हुँदै पनि राम्रा प्रहरी अधिकृत पदावधिका कारण अनिवार्य अवकास पाउन बाध्य भईरहेका थिए, कतिले त समयमा बढुवा नभएको नैराश्यता राजिनामा मार्फत प्रस्तुत गरे ।

व्यक्तिगत र व्यावसायिक नकारात्मकता उत्पन्न भईरहेको परिस्थितीमा आईजीपी खनालले उकुसमुकुस वातावरणको अन्त्य गर्न प्रहरी जवान देखि प्रहरी नायब महानिरिक्षकसम्मको बढुवा निश्चित क्राईटेरिया बनाई वैज्ञानिक तवरले सकभर विवाद रहित ढङ्गले गरे ।

त्यतिमात्र नभई २० वर्ष भन्दा बढि समय एकै पदमा बस्न बाध्य प्राबिधिक कम्प्युटर, संचार, स्वास्थ्य सई, प्राबिधिक प्रहरी जवान देखि प्राबिधिक प्रहरी नायब महानिरिक्षकसम्मको बिबादरहित बढुवा गरी आईजीपी खनालले आफ्नो कार्यक्षमता प्रस्तुत गरिसकेका छन् ।

यसले प्रहरी कर्मचारीहरुमा एक प्रकारको पोजिटिभ उर्जा थपिएको छ ।

जनशक्ति अभावले प्रहरी कार्य र अपराध अनुसन्धानमा ह्रास आईरहेको बिद्यमान अवस्थामा आईजीपी खनालकै अथक प्रयास एवं अहोरात्र खटाईको फलस्वरुप पहिलो चरणमा नेपाल प्रहरीमा ३ हजार १ सय १ दरबन्दी थप भएको छ ।  

जुन आफैमा उदाहरणीय र प्रशंसनिय कार्य पनि हो ।

हरेक क्षेत्रमा व्याप्त सिण्डिकेटको अन्त्य, गुण्डागर्दीको सफाया, आम जनमानसमा शान्ति सुरक्षाको अनुभूति हुने कार्यमा खनालको अहिले अग्रसरता देखिन्छ ।

यसैगरी संघीय प्रहरी ऐन लागु भएपश्चात नेपाल प्रहरी थप अधिकार सम्पन्न र ब्यवस्थित बन्ने निश्चित त छदैछ ।

साथै आईजीपि खनालले नेपाल प्रहरीमा ब्याप्त ध्रुबिकरण,व्यावसायिक नैरास्यता र राजनैतिक हस्तक्षेप लगायत चुनौतीलाई सामना गर्दै नेपाल प्रहरीलाई व्यवसायिक संगठन बनाउनेतर्फ खनालको अझै क्रियासिलता जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?