काँग्रेस नेता भट्टराईलाई मस्तिष्कघात, नर्भिकमा उपचार हुँदै

काठमाडौं । नेपाली काँग्रेसका नेता मनमोहन भट्टराईको मस्तिष्कघातपछि नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भइरहेको छ । 

स्वास्थ्यमा समस्या देखिएपछि सात दिनअघि उहाँलाई नर्भिक अस्पताल थापाथली पुर्‍ याइएको थियो । 

अस्पतालको सघन उपचार कक्षमा उपचार गराइरहेका भट्टराईलाई हाल उच्च निगरानीमा राखिएको छ । सिटी स्क्यान रिपोर्ट आएपछि मात्र थप उपचारको प्रक्रिया अगाडि बढाइने उपचारमा संलग्न चिकित्सकले बताएका छन् । 

स्नायु रोग विशेषज्ञ डा राजीव झासहितको टोलीले उनको उपचार गरिरहेको नर्भिक अस्पतालले जनाएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?