जाजरकोट : जिल्लाको छेडागाड नगरपालिका-१२ मा रहेको नारायणी माध्यामिक विद्यालयका विद्यार्थीहरू 'भूत अायो' भन्दै कराउने र बेहोस हुने क्रम बढेको छ । मास हिस्टेरियाको अाशंक गरिएको यो समस्याका कारण विद्यालको दैनिक पठक-पाठन नै अबरूद्द बनेको छ ।
कक्षा ७ देखि १० सम्मका छात्राहरूमा बिहान ११ देखि दिउँसो ३ बजेसम्म यो समस्या देखिएको हो । छात्राहरूले शुरूमा भूत अाएको भनि कराउने र लगत्तै बेहोस हुने गरेको सहायक प्रधानाध्यापक उत्तम हमालले बताए ।
विद्यार्थीमा देखिएको समस्या समाधान गर्न विद्यालयले धामी र झांक्री ल्यार्इ पुजाअाजा गरेपनि समस्या समाधान भएको छैन । विद्यार्थी विरामी परेपछि अभिभावक चिन्तित बनेका छन् । 'भूत अातंक' मच्चिएपछि अहिले विद्यालयमा दैनिक १० जना जति विद्यार्थीलार्इ मात्रै पठनपाठन गरार्इएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया