काठमाडाैं : नेपाल र चीनबीच अाज रेलमार्ग निर्माणसम्बन्धी महत्वपूर्ण सम्झाैता हुने भएको छ ।
चीनको सिगात्सेसम्म अार्इपुगेको रेलमार्गलार्इ केरूङ हुँदै काठमाडाैं र नेपालका विभिन्न पर्यटकीय एवं व्यापारिक शहरसम्म विस्तार गर्नेसम्बन्धी सम्झाैता हुन लागेको परराष्ट्र स्रोतले जानकारी दियो ।
मंगलबारदेखि चीन भ्रमणमा रहेका प्रधानमन्त्री के.पी. शर्मा अोली नेतृत्वको प्रतिनीधिभण्डल र चीनियाँ पक्षबीच नेपालसम्म चीनियाँ रेलमार्ग विस्तारसम्बन्धी सम्झाैता हुन लागेको हो । यद्यपी : रेगमार्ग निर्माणका लागी नेपालले चीनियाँ पूर्ण अनुदान माग गरिरहेपनि लगानीको मोडालिटी भने टुंगो लागेको छैन ।
नेपालसम्म रेलमार्ग विस्तारका लागी चीनियाँ पक्ष सहमत भएपनि चीनले अनुदान र ऋण गरि मिश्रीत लगानी मोडलमा रेलमार्ग विस्तारसम्बन्धी सम्झाैता गर्ने सम्भावना छ । चीनले यसअघि नै रेलमार्ग विस्तारका लागि पूर्ण अनुदान दिन नसक्ने बतार्इसकेको छ ।
राजनीतिक उचार्इ लिन र चुनावी नतिजा हात पार्न नेपालको सत्ताधारी कम्युनिष्ट पार्टीले रेलमार्ग निर्माण गर्ने अाश्वासन जनतालार्इ दिएको छ । चीनले पूर्ण अनुदान नदिएपनि ऋण नै काढेर भएपनि रेलमार्ग विस्तार अघि बढाउने तयारीमा नेपाल लागेको छ । ऋण चीनबाट लिने वा अन्य दातृ निकायसँग माग्ने एवं ऋणको ब्याजदरबारे चीनियाँ पक्षसँग सहमतिको प्रयास भर्इरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
अाज रेगमार्ग सम्झाैता हुन सके ७ देखि ८ बर्षभित्रमा नेपालमा रेल अार्इपुग्ने सरकारले दाबी गरेको छ । रेलको विस्तृत परियोजना प्रतिवेदन २ बर्षभित्र तयार गरि ५ बर्षमा निर्माण टुंग्याउनेगरि सम्झाैता गर्ने तयारी भएको बुझिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया