काठमाडाैं : चीनियाँ राष्ट्रपति सी जिनपिङले नेपाल स्थायित्वको चरणमा प्रवेश गरेकाले समय मिलाएर नेपाल अाउने बताएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।
चीन भ्रमणमा रहेका के.पी. शर्मा अोलीसँग भएको भेटवार्ता क्रममा सी ले दुबैतर्फ अनूकुल समय मिलाएर नेपाल भ्रमण गर्ने बताएका हुन् ।
दुर्इ देशका कार्यकारी प्रमुखबीचको भेटका क्रममा नेपालका प्रधानमन्त्री अोलीले चिनियाँ राष्ट्रपति सी लार्इ नेपालमा स्वागत गर्न प्रतिक्षारत रहेको बताएका थिए । जवाफमा सी ले अाफुले एसियाका धेरै देशको भ्रमण गरेको र चाँडै नेपाल अाउने जवाफ दिएको परराष्ट्रमन्त्री ज्ञवालीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया