काठमाडौं । लागूऔषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस जुन २६ (असार १२) नेपालमा वर्षमा एक पटक नाराको रुपमा मात्र मनाइदै आएको छ ।
लागूऔषध दुर्व्यसायका लागि नेपाल उर्वर भूमिका रुपमा विकसित भइरहेको अवस्थामा सरकारले नै यस दिवसलाई वर्षमा एक पटक सम्झिने गरेको पाइएको छ ।
‘स्वस्थ, सवल र समृद्ध नेपालको प्रतिवद्धता, लागूऔषध अपराध विरुद्धको एक्वद्धता’ भन्ने नाराका साथ यस पटक जुन २६ सम्ममा लागूऔषध विरुद्ध साताब्यापी अभियान सञ्चालन गर्ने जनाएको छ ।
गृह मन्त्रालयबाट यहाँ आयोजित पत्रकार सम्मेलनमा छ गतेदेखि १२ गतेसम्म ७७ वटै जिल्लामा लागूऔषध विरुद्ध ब्यापक जनचेतना कार्यक्रम सञ्चालन गर्ने बताएको छ ।
नेपालमा करीव एकलाख ५० हजार लागूऔषध दुर्व्यसनीहरु रहेको अनुमान गरिएको छ ।
गृह मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार, ती मध्ये १५ देखि २४ वर्ष उमेर समूहका लागूऔषध दुर्व्यसनीहरुको संख्या ५२ प्रतिशत रहेको छ ।
त्यस्तैं, २५ देखि ३४ वर्ष उमेर समूहकाहरुको संख्या ४२ प्रतिशत र बाँकी छ प्रतिशत ३५ वर्ष भन्दा माथिको उमेर समूहका छन् ।
शैक्षिकस्तरको आधारमा २८ प्रतिशत दुर्व्यसनीहरुको एसएलसी भन्दा कम अध्ययनरत, २२ प्रतिशत एसएलसी उत्तीर्ण र ३१ प्रतिशत ११-१२ अध्ययनरत छन् ।
हाल, विश्वमा १४ करोड लागूऔषध दुर्व्यसनीहरु रहेको अनुमान गरिएको छ । वर्षेनी दुईलाख ५३ हजार ब्यक्तिहरुको लागूऔषध दुर्व्यसनका कारण मृत्यु हुने गरेको छ ।
नेपालमा मदिरा, खैनी, चुरोटसंगै गाँजा, चरेश, हिरोइन, अफिम, औषधि जन्य लागूऔषधको बढी प्रयोग हुने गरेको छ । गाजा, चरेश र अफिम बाहेक अन्य लागूऔषध अन्य मुलुकबाट नेपाल आउने गरेको छ ।
लागूऔषध प्रयोगका कारण प्राणघातक रोग एचआइभी-एड्स, क्षयरोग टिबी, हेपाटाइटिस बी र सीको समस्या देखिने गरेको छ ।
लागूऔषध दुर्व्यसन गर्नेहरु मध्ये नेपालमा करीव ८० प्रतिशतमा एचआइभी एड्सको सक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
लागूऔषध दुर्व्यसन नियन्त्रण कार्यमा गैरसरकारी संघसंस्थाहरु भन्दा गृह प्रशासन कमजोर देखिएको छ ।
मन्त्रालयले एकजना सहसचिवको नेतृत्वमा लागूऔषध नियन्त्रण ईकाइ गठन गरेपनि यस्का गतिविधि प्रभावकारी हुन सकेको छैन्न ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया