काठमाडौं उपत्यकामा एकैदिन १५ सय ७७ सवारी चालकमाथि कारबाही

लोकपथ
168
Shares

काठमाडौं । ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार ५७७ जना सवारी चालकहरूलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

ट्राफिक प्रहरीले बुधबार काठमाडौं उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारबाही गरेको हो ।

महानागरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १०० जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने ५३ जना र रातो बत्तीको उल्लङ्घन गर्ने ३९ जना छन् ।

ढोका खुल्लै राखेर सवारी चलाउने ४६ जना, अवस्था ठिक नभएको सवारी साधन चलाउने १८ जना, मदिरा पिएर सवारी साधन चलाउने ४३ जना र क्षमताभन्दा बढी यात्रु राख्ने ३९ जना चालकहरूलाई कारबाही गरिएको महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?