अन्तिम संस्कारको लागि डा. देवकोटालाई पशुपति लगियो

काठमाडौं । वरिष्ठ न्यूरोसर्जन डा. उपेन्द्र देवकोटाको पार्थिव शरीरलाई अन्तिम संस्कारका लागि पशुपति लगिएको छ । 

सोमबार काठमाडौंको बासबारीस्थित न्यूरो अस्पतालमा उनको निधन भएको थियो । 

डा. देवकोटा पित्तथैलीको क्यान्सर रोगबाट पीडित थिए । लामो समय बेलायतमा उपचार गरेर गत वैशाखमा नेपाल फर्किएका उनको न्यूरो अस्पतालमा उपचारकै क्रममा सोमबार निधन भएको हो । 

मंगलबार बिहान ८ बजेदेखि १ बजेसम्म अस्पताल परिसरमा देवकोटाको पार्थिक शरीर श्रद्धाञ्जलीका लागि राखिएको थियो । 

उनको आर्यघाटमा विद्युतिय शवदाहगृहमा लगेर अन्त्येष्टि गरिनेछ । 

डा. देवकोटाको काजक्रिया ७ दिनमै सक्ने समेत बताइएको छ ।


 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?