ट्रिपरको ठक्करबाट काभ्रेमा एक जनाको मृत्यु

काभ्रे । काभ्रेको पनौती नगरपालिका–१० मा ट्रिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । 

ट्रिपरको ठक्करबाट काभ्रे बेथानचोक गाउँपालिकाका मोटरसाइकल चालक हकजित लामाको मृत्यु भएको हो ।  

खोपासीबाट पनौतीतर्फ आउँदै गरेको बा ४ ख ३५७० नम्बरको ट्रिपरले सोही दिशाबाट आइरहेको बा ९२ प ४२१६ को मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनाबाट मोटरसाइकलमा सवार लामाको घटनास्थलमै मृत्यु भएको हो ।

त्यस्तै मोटरसाइकल चालक भने सामान्य घाइते छन् । 

उनको बनेपास्थित शीर मेमोरियल अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय, बनेपाका सुनिलजङ्ग शाहले बताए ।

ट्रिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको शाहले बताए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?