काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय ३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
देशभर ९ हजार ७ सय ५६ जनाको परीक्षण गर्दा सो परिणाममा संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै देशभरबाट थप १ हजार ६ सय जना कोरोना संक्रमणमुक्त भएका छन् ।
हालसम्म नेपालमा कोरोना संक्रमणको कारण ११ हजार ९ सय ५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै कोरोनाको कारण थप ३ जनाको मृत्यु भएको हो ।
मन्त्रालयले दिएको तथ्यांक अनुसार हाल नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या १८ हजार २ सय ५१ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया