स्व. देवकोटाको इच्छाअनुसार शीरमा ढाका टोपी

काठमाडौँ । वरिष्ठ न्यूरोसर्जन डा. उपेन्द्र देवकोटाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलिका लागि न्यूरो अस्पताल, बाँसबारीमा राखिएको छ ।

बिहान ८ बजेदेखि श्रद्धाञ्जलिका लागि राखिएको डा. देवकोटाको पार्थिक शरीरमा नेता, सहकर्मीहरुले मात्र नभएर सर्वसाधारणले समेत डा. देवकोटालाई अन्तिम श्रद्धाञ्जलि दिन पुगेका छन् । 

उनको शरीर फूलले ढाकिएको छ । तर, शीर देखाइएको छ । उनको शीरमा नेपाली ढाका टोपी छ । 

परिवारका सदस्यहरुका अनुसार डा. देवकोटाको इच्छाअनुसार नै उनको शीरमा ढाका टोपी र शरीरमा कोट लगाइएको हो ।

त्यस्तै उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख कृष्णबहादुर महरा, नयाँ पार्टीका संयोजक डा. बाबुराम भट्टराई, नेत्री हिसिला यमी, नेकपा नेता बामदेव गौतम, नेकपा महासचिव विष्णु पौडेल, नेत्री पम्फा भुसाल, पूर्वसभामुख सुवास नेम्वाङ, प्रदेश नं ३ का प्रदेशप्रमुख अनुराधा कोइरालाका साथै वरिष्ठ मुटुरोग विशेषज्ञ भगवान कोइराला, वरिष्ठ न्यूरोसर्जन बिएन गंगोल, न्यूरो सर्जन वसन्त पन्त, स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याल, प्रधानसेनापति राजेन्द्र क्षत्रीलगायतले देवकोटाको पार्थिव शरीरमा माल्यार्पण गरी श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।  

डा. देवकोटाको आजै दाहसंस्कार गरिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?