जमिनको खण्डिकरणले घट्दै प्राकृतिक सौन्दर्यता

लोकपथ
140
Shares

कृष्णप्रसाद हुमागाई / काठमाडौं । काठमाडौं उपत्यकाको केही क्षेत्रमा पछिल्लो समय जमिनको खण्डीकरण बढिरहेको छ। कुनै अध्ययन अनुसान्धान विना आफूखुसी गरिएका यस्ता प्लटिङले उपत्यका आसपासको सुन्दरता हराउँदै गएको छ।

ठूला ठूला भवनहरु र अपाट्मेन्ट बनाउने होडबाजिमा काठमाडौँ उपत्यका भित्र पर्ने केही डाँडाहरुको स्वरुपनै परिवर्तन गरेर धमाधम डाँडाहरुलाई भत्तकाएर अलग अलग घडेरी बनाई रहेका छन् ।

विगत ३÷४ बर्ष यता काठमाडौं उपत्यकाको अलग अलग कुनाहरु बूढानिलकण्ठको शिवपुरी जंगलजनिकैको डाँडाहरु, तार्केश्वरनगर पालिकाको उत्तरी भेगको डाँडा, गोकर्णेश्वरको सुन्दरीजल क्षेत्र, कागेश्वरी मनहरा, भत्तपुरको साँगा र पलाँसे भन्ने ठाँउहरुमा रहेको ठुला ठुला डाँडाहरु एउटा निजि कम्पनी वा व्यत्तिको व्यवसायिक प्रयोजनका लागि त्यसको स्वरुपनै परिवर्तन गरेर धमाधम जग्गा प्लटिङ भईरहेको छ । दिन प्रतिदिन जलवायु परिवर्तन भइरहेको समयमा यसरी प्रकृतिको स्वरुपै परिवर्तन गर्नुले भविष्यमा काठमाडौँ उपत्यकामा ठुलो संकट नआउला भन्न सकिन्न ।

उसो त काठमाडौँमा बोरीङको पानी सुक्दै गईरहेको समयमा यसरी डाँडा काँडाहरुको स्वरुप परिवर्तन गरे कन्कृडले भरीएको भवन बनाउदा अबको केही बर्षमा नै काठमाडौँ उपत्यका बासीले पानिको ठुलो हाहाकारको सामाना गर्ने निश्चित छ । काठमाडौँको व्यस्त शहर त्यस माथिको बायुप्रदुषण र अलिकति हरीयाली भएको डाँडा काँडाहरुमा पनि डोजर चलाएर त्यसको स्वरुप नै परिवर्तन गरी कन्कृडको जंगल बनाए पछि काठमाडौं बासिले ताजा हावा लिन कहाँजाने रुरुकेही व्यत्ति र निजि कम्पनीको स्वार्थका लागि काठमाडौं उपत्यका भित्र बस्ने लाखौँ व्यत्तिहरुको भविष्यमा खतरा आउने गरी हुन लागेको विकासलाई रोक्न किन बेखबर छ त्यस क्षेत्रका स्थानिय सकार र सरकारवालाहरु जनताहरु ?, किन अनदेखा गरिरहेछ वातावरण विभाग ? कहाँ छन वातावरण संरक्षण मञ्च ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?