२४ लाख कोभिड खोप प्रकरण : कार्यदलले बुझायो प्रतिवेदन

लोकपथ
133
Shares

काठमाडौं । हराएको भनिएको २४ लाख कोरोनाविरुद्धको खोपबारे छानबिन गर्न गठित समितिले सरकारलाई प्रतिवेदन बुझाएको छ ।

डा. गुणराज लोहनीको संयोजकत्वमा गठित ५ सदस्यीय समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडासमक्ष त्यससम्बन्धी छानबिन गरि प्रतिवेदन बुझाएको हो ।

कार्यदलले बुझाएको उक्त प्रतिवेदन पत्रकार सम्मेलन गरी सर्वाजनिक गरिने मन्त्रालयले जनाएको छ ।

२४ लाख कोरोनाविरुद्धको खोपको हिसाब नमिलेपछि मन्त्रालयले लोहनीको संयोजकत्वमा कार्यदल गठन गरिएको थियो ।

यसअघि मन्त्री खतिवडाले खोपको तथ्यांक नमिलेका कारण हराएको देखिएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?