हत्यामा संलग्न अघोरी पक्राउ

लोकपथ
35
Shares

काठमाडौं । हत्यामामा संलग्न रही फरार १ व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं दक्षिणकाली नगरपालिका वडा नं. ६ फर्पिङका ३५ वर्षीय शिव गिरी (अघोरी) रहेका छन् । उनलाई इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको टोलीले बिहीबार फर्पिङस्थित दक्षिणकाली पार्टी प्यालेस अगाडीबाट नियन्त्रणमा लिएका थिए ।

बोल्न नसक्ने र परिचय नखुलेको अन्दाजी ४०/४५ को जस्तो देखिने पुरुषलाई दाउराको चिरपट र बाँसको टुक्राले टाउकोमा प्रहार गरी गम्भीर घाइते बनाइ फरार रहेका शिवलाई प्रहरीले पक्राउ गरेको हो ।

घटनाको सूचना प्राप्‍त हुनासाथ इलाका प्रहरी कार्यालय फर्पिङका प्रहरी अधिकृतसमेतको प्रहरी टोली खटिई घाइतेलाई तत्कालै उपचारको लागी मनमोहन स्मृति सामुदायिक अस्पताल फर्पिङ काठमाण्डौमा पठाइएको थियो । घाइते पुरुषलाई थप उपचारको लागी वीर अस्पताल काठमाण्डौमा रिफर गरी पठाइएको थियो । उपचारकै क्रममा घाइतेको मृत्यु भएको प्रहरीले जनाएको छ । ।

घटनामा संलग्न रहेको शिव गिरी ९अघोरी० लाई मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद९ १२ को ‘ज्यान सम्बन्धी कसूर’ मा प्रहरी बृत्त कीर्तिपुरबाट थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?