काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १ सय २८ जनामा कोरोना भाइरस (कोभिड(१९) संक्रमण पुष्टि भएको छ ।
देशभर २० हजार ९ सय ८९ जनाको परीक्षण गर्दा ६ सय ६६ जनाको पीसीआर र ४ सय ६२ जनाको एन्टीजेन पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो तथ्यांक हेर्ने हो भने नेपालमा कोरोना संक्रमित भन्दा संक्रमणमुक्त हुनेको संख्या दोब्बर रहेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार २ सय १५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ९ लाख ३२ हजार ८ सय २२ पुगेको छ ।
मन्त्रालयको तथ्यांक अनुसार हालसम्म नेपालमा कोरोना संक्रमणको कारण ११ हजार ८ सय ७८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै नेपालमा कोरोना संक्रमणको कारण १४ जनाको मृत्यु भएको हो ।
देशभर थप १ लाख ४५ हजार २ सय ६५ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयको तथ्यांकले देखाएको छ ।
पछिल्ला दिनहरुमा नेपालमा कोरोना संक्रमितको संख्यामा कमि आएसँगै हाल सक्रिय संक्रमितको संख्यामा समेत कमि आएको छ । हाल नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या २७ हजार ४ सय ४१ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया