भेटियो ललितपुरको बालकुमारी मन्दिरबाट हराएको मुर्ति

लोकपथ
574
Shares

काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर(२७ सुनाकोठीस्थित बालकुमारी मन्दिरबाट हराएको बालकुमारी माईको मुर्ति फेला परेको छ ।

ललितपुर क्षेत्र नम्बर २ का प्रदेश सांसद राजकाजी महर्जनका अनुसार ललितपुरको हात्तिबनस्थित क्लासिक टावरको पछाडि रहेको एक मन्दिरबाट शुक्रबार बिहान मुर्ति फेला परेको हो ।

अहिले मुर्तिलाई सुनाकोठी ल्याउने तयारी भइरहेको छ ।

माघ ९ गते मुर्ति चोरी भएको थियो । सुनाकोठीका वडाध्यक्षले मुर्ति फेला पार्नेलाइ ५ लाख दिने घोषणा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?