काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ६९जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर ११ हजार ८ सय ८० जनाको परीक्षण गर्दा १ हजार १३ जनाको पीसीआर र ३ सय ६५ जनाको एन्टीजेन पुष्टि भएको हो ।
त्यस्तै सो अवधीमा २ हजार २ सय ३८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ९ लाख ३० हजार ६ सय ७ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यसैगरी देशभर थप १२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्ख्या ११ हजार ८ सय ३४ पुगेको छ ।
पछिल्ला दिनहरुमा कोरोना संक्रमितको संख्यामा कमि आएसँगै सक्रिय संक्रमितको संख्यामा समेत कमी आएको छ । मन्त्रालयको तथ्यांक अनुसार हाल नेपालमा २९ हजार ४ जना कोरोनाका सक्रिय संक्रमित रहेको छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया