मदिरा सेवन गरी झैझगडा : आफ्नै साथीमाथि धारिलो हतियार प्रहार, एक जना पक्राउ

लोकपथ
189
Shares

काठमाडौं । मदिरा सेवन गरी आफ्नै साथीलाई धारिलो हतियार प्रहार गरि घाइते बनाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुर्खेत बीरेन्द्रनगर नगरपालिका वडा नं ७ घर भएका ४८ वर्षीय मिलन खत्री रहेका छन् । उनले नुवाकोट विदुर नगरपालिका वडा नं. १ घर भएका २२ वर्षीय विकास आचार्यलाई सामान्य विवाद हुँदा खत्रीले बिँड नभएको फलामको चक्कु र फलामको पत्ता जडान भएको बन्चरोले गर्धन र टाउकोमा प्रहार गरि घाइते बनाएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार काठमाडौंको उनीहरु दुवै ठाडो भर्याङ्गस्थित धर्म राउतले सञ्चालन गरेको फलामको ग्रिल कारखानामा काम काम गर्दथे । बुधबार राति मदिरा सेवन गरि दुवैबीच झैझगडा भएको थियो । सो क्रममा आचार्यले खत्रीलाई अस्लिल शब्द समेत बोलेको भन्दै खत्रीले आचार्यलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएका थिए । घाइते आचार्यको तत्काल मनमोहन मेमोरियल अस्पतालमा र पछि राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

खत्रीलाई पक्राउ गरी घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?