आज दिनभरका मुख्य १५ समाचार हेर्नुहोस् (भिडियोसहित)

लोकपथ
98
Shares

१. यस वर्षको एसईई परीक्षा वैशाख ९ देखि २० गतेसम्म सञ्चालन हुने, परीक्षाको समयतालिका बिहीबार सार्वजनिक गरिने

२. काठमाडौंको माइतीघर मण्डला र संसद् भवनअगाडि ‘एमसीसी’ विरुद्ध प्रदर्शन, ८ वटा राजनीतिक संगठनहरुद्वारा संयुक्तरुपमा नो एमसीसीको नारा

३. एमसीसी राष्ट्रहितमा भएकाले संसदले अनुमोदन गर्नुपर्ने नेपाली कांग्रेसका सहमहामन्त्री मानबहादुर विश्वकर्माको भनाइ, नेपालमा अमेरिकी सेना आउँछ भनेर भ्रम फैलाइएको प्रतिक्रिया

४. पूर्वसभामुख कृष्णबहादुर महराप्रति बाबुराम भट्टराइको कटाक्ष ‘क्रान्तिकारी नेताहरू शराबको शिशी बोक्नमै मस्त’ भन्दै गरे व्यङ्ग्य

५. किसानको माग सम्बोधन नभए सीके राउतको जनमत पार्टीले स्थानीय निर्वाचन अवरोध गर्ने, माग सम्बोधन नभई स्थानीय तह निर्वाचनको परिकल्पना नगर्न चेतावनी

६. स्थानीय निर्वाचनको मिति घोषणा सकारात्मक भएको लोकतान्त्रिक समाजवादी पार्टी नेपालको भनाइ, ०७४ को निर्वाचनलाई दृष्टिगत गरी निर्वाचित पदाधिकारीको पाँच वर्षको कार्यकालको अधिकारबाट वञ्चित नगर्न जोड

७. ५ देखि ११ वर्ष उमेरसमूहका बालबालिकाका लागि कोरोनाविरुद्धको फाइजर खोप ल्याउने स्वास्थ्य मन्त्रालयको तयारी, छिटै नै सबै नेपालीलाई बुस्टर डोज खोप दिने स्वास्थ्य मन्त्री खतिवडाको प्रतिबद्धता

८. काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीको एक्सन, एकैदिन १४ सय ३८ जना सवारीचालकमाथि कारबाही, कारबाहीमा पर्नेमा सबैभन्दा धेरै फुटपाथमा पार्किङ गर्ने

९. नेपालमा पछिल्लो २४ घण्टामा गरिएको १६ हजार ३ सय ५६ परीक्षण थप २ हजार ४ सय १ जनामा कोरोना संक्रमण पुष्टि, ७ हजार ७ सय ७७ जना कोरोना संक्रमणमुक्त, १४ जनाको मृत्यु

१०. मुलुकको शोधनान्तर स्थिति २ सय ४१ अर्ब २३ करोड घाटामा, रेमिट्यान्स पनि ५ दशमलव ५ प्रतिशतले घट्यो ।

११. सेयर बजारको ओरालो यात्रामा आज पनि निरन्तरता, नेप्से २२ अंकले घट्दा कारोबार रकम ३ अर्बमा खुम्चियो, १३ वटै सूचक नकारात्मक ।

१२. कोलम्बियाको पश्चिमी क्षेत्रमा बाढीपछिको पहिरोमा परी १४ जनाको मृत्यु, ३० जना घाइते, बेपत्ताहरुको उद्धारकार्य जारी ।

१३. विश्वभर कोरोना संक्रमितको संख्या ४० करोड नाघ्यो, करिब ५८ लाखले गुमाए ज्यान, ३२ करोडभन्दा बढी कोरोना संक्रमणबाट मुक्त ।

१४. जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय टोली नेपाल पुलिस क्लब विजयी, च्यासल युथ क्लबलाई २-१ गोल अन्तरले पराजित ।

१५. र, इङलिस प्रिमियर लिग फुटबलअन्तर्गतको खेलमा आज म्यान्चेस्टर सिटी र बेन्टफर्ड भिड्दै, पछिल्लो पाँच हारको बदला तिर्ने दाउमा बेन्टफर्ड मैदान उत्रँदै ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?