कोरोना अपडेट : घट्दै सक्रिय संक्रमित, कस्तो छ पछिल्लो तथ्यांक ? (विवरणसहित)

लोकपथ
644
Shares

काठमाडौं । नेपालमा पछिल्ला दिनहरुमा कोरोना संक्रमितको संख्यामा कमी आएसँगै सक्रिय संक्रमितको संख्यामा समेत कमी आएको छ ।

हाल नेपालमा सक्रिय कोरोनाका सक्रिय संक्रमितको संख्या ३६ हजार १ सय ८१ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ९ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर कुल १२ हजार ६ सय ९२ जनाको नमुना परीक्षण गर्दा १ हजार १ सय ८४ जनाको पीसीआर र ७ सय ७३ जनाको एन्टीजेन पुष्टि भएको हो ।

त्यसो त पछिल्लो २४ घण्टामा पनि संक्रमित भन्दा धेरै संक्रमणमुक्त भएका छन् । देशभर थप ५ हजार १ सय ३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ९ लाख २० हजार ५ सय ९२ पुगेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप ११ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ११ हजार ८ सय ३८ पगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?