थप ८ लाख ६२ हजार मात्रा कोरोनाविरुद्धको एस्ट्राजेनिका खोप नेपाल आइपुग्यो

लोकपथ
0
Shares

काठमाडौं । नेपालमा कोरोनाविरुद्धको थप आठ लाख ६२ हजार ८० मात्रा एस्ट्राजेनिका खोप आइपुगेको छ ।

बेलायत सरकारको सहयोगमा कोभ्याक्स सुविधामार्फत सोमबार थप एस्ट्राजेनिका खोप आइपुगेको सेवा विभाग व्यवस्थापन महाशाखाका प्रमुख डा. सुरेन्द्रले चौरसियाले बताए ।

बेलायत सरकारको सहयोगमा कोभ्याक्समार्फत आउने २१ लाख ७४ हजार १६० मात्रा खोपमध्ये आज आठ लाख ६२ हजार ८० मात्रा खोप आइपुगेको प्रमुख डा. चौरसियाको भनाइ छ । आगामि फागुन २ गते बाँकी १३ लाख १२ हजार ८० मात्रा खोप आइपुग्ने डा. चौरसियाले बताए ।

नेपाल सरकारले कोरोनाविरुद्धको खोप हालसम्म खरिद र सहयोगमा चार करोड ५७ लाख आठ हजार ६४० मात्रा प्राप्त गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?