काठमाडौं । प्युठानमा बेहुली लिएर फर्कँदै गरेकाे जन्ती जीप दुर्घटना हुँदा ज्यान गुमाएका आठै जनाको सनाखत भएको छ ।
दुर्घटनामा मृत्यु हुनेहरूमा ३९ वर्षीय वसन्त खड्का, उनकी श्रीमती ३९ वर्षीया वसन्ती खड्का र १३ वर्षीया छोरी एलिसा खड्का छन् । त्यस्तै ५० वर्षीय नन्दी खड्का, ३० वर्षीया केशरी खड्का, ५० वर्षीय बलबहादुर खड्का, ३२ वर्षीय खिमबहादुर खत्री, र १८ वर्षीया विपना जिसी रहेका छन् । बेहुला र बेहुली भने घाइते भएका छन् ।
नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ फर्कँदै गरेको ग १ ज ५०९२ नम्बरको जीप शनिबार बिहान बजे दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी देवीप्रसाद गैह्रेका अनुसार दुर्घटनामा ६ जनाकाे घटनास्थल र दुई जनाकाे विजुवार जिल्ला अस्पतालमा उपचारकाे क्रममा ज्यान गएकाे हाे ।
दुर्घटनामा घाइते भएका पाँच जनाको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया