मुस्ताङमा पुन: हिमपात भएसँगै विद्युत् तथा यातयात अवरुद्ध

RSS
56
Shares
In this photo released by Inter Services Public Relations, people walk past car trapped in heavy snowfall hit area, in Murree, some 28 miles (45.5 kilometers) north of the capital of Islamabad, Pakistan, Saturday, Jan. 8, 2022. Temperatures fell to minus 8 degrees Celsius (17.6 Fahrenheit) amid heavy snowfall at Pakistan’s mountain resort town of Murree overnight, killing at few people who were stuck in their vehicles, officials said Saturday. (Inter Services Public Relations via AP)

मुस्ताङ । मुस्ताङमा पुनः हिमपातसँगै बढेको चिसोले जनजीवन प्रभावित भएको छ ।

वर्षा, हिमपात र चिसोका कारण सर्वसाधारणको दैनिकी, हवाई तथा सडक यातायात सेवा प्रभावित भएको छ । जोमसोम, मुक्तिनाथ, लोमान्थाङ, लेते, ठिनीलगायत मुस्ताङका सबै क्षेत्रमा हिउँ परेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

सडकमा हिउँ जमेपछि जोमसोम–मुक्तिनाथ र जोमसोम–लोमान्थाङ सडकमा यातायात सेवा बन्द भएको छ । जोमसोमा आधा फिटसम्म बाक्लो हिउँ र जोमसोम माथिको गाउँमा १ फिटसम्म बाक्लो हिउँ जमेको छ । मुस्ताङका सबै गाउँपालिकामा विद्युत् अवरुद्ध भएको जिल्ला प्रहरी कार्यलय जोमसोमले जनाएको छ ।

सरकारी कार्यालयमा सेवाग्राहीको उपस्थिति पनि न्यून छ । सडक, पुल, भवन, सिँचाइलगायत विकास निर्माणका काम पनि चिसोका कारण प्रभावित भएको छ । उपल्लो मुस्ताङका बासिन्दा कुरुवालाई घर जिम्मा लगाएर जाडो छल्न कात्तिकमै बेँसीका न्यानो स्थानमा झरेका थिए ।

वर्षा र हिमपातले किसानमा भने खुशीयाली छाएको छ । यो वर्ष मुस्ताङमा चौथो पटक हिउँ परेको हो । वर्षा भएपछि सिँचाइ हुने, खेतबारीमा राखेको मल भिजेर बिरुवालाई आवश्यक तत्व आपूर्ति हुने थासाङ गाउँपालिका–२ का वडाध्यक्ष नरप्रसाद हीराचनले बताए ।

हिउँ पग्लिएर खेतबारीमा हालेको मल भिज्ने र बोट बिरुवा फस्टाउने तथा उत्पादन बढ्ने किसान बताउँछन् । स्याउको परागसेचनका लागि माइनस तापक्रमको आवश्यक पर्ने भएकाले पनि हिमपात स्याउ जोनका लागि सकारात्मक भएको नाप्रस एमुना लामाले बताइन् । स्याउ, जौँ, गहुँ, उवा, फाँपर बाली सप्रने किसानको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?