काठमाडौं । इन्टरनेटको आगमनसँगै संसारले छुट्टै मोड लिएको छ । इन्टरनेटका कारण आज विश्व अर्थतन्त्र ८६ ट्रिलियन डलरभन्दा माथि पुगेको छ ।
इन्टरनेटको आगमनपछि, धेरै स्टार्टअपहरूले अगाडि बढ्ने अवसर पाइरहेका छन् । इन्टरनेटले व्यापार, शिक्षा, सञ्चार आदिजस्ता विभिन्न क्षेत्रमा आमूल परिवर्तन ल्याएको छ । त्यसैले त आजको युगलाई डिजिटल युग भनिन्छ ।
हरेक पक्षको सबल र दुर्बल पक्षहरु हन्छन् । इन्टरनेटको सवालमा पनि त्यस्तै नै छ । इन्टरनेटको आगमनपछि विश्वलाई अगाडि बढ्ने नयाँ अवसर मिलेको छ । सोही समयमा यसको डरलाग्दो पक्ष पनि बाहिर आउने गरेको छ, जसलाई डार्क वेब नाम दिइएको छ ।

के हो डार्क वेब :
डार्क वेब इन्टरनेटको त्यो भाग हो जुन सर्च इन्जिनमा भेटिँदैन । डार्क वेब हजारौँ वेबसाइटहरुको कलेक्सन हो जसमा भएका सम्पूर्ण वेबसाइटहरुले आफ्नो आईपी एड्रेसलाई लुकाउन ‘टोर’ र ‘आई टु पी’ जस्ता एनोनिमस टुलहरुको प्रयोग गर्दछन् ।
विज्ञहरूका अनुसार हामीले जति इन्टरनेटको हिस्सा प्रयोग गर्छौँ त्यो ४ प्रतिशत मात्रै हो । यसलाई सरफेस वेब भनिन्छ। बाँकी ९६ प्रतिशत इन्टरनेट डीप वेब र डार्क वेब हो। सामान्यतया हामीले डार्क वेब पहुँच गर्न सक्दैनौँ ।
यसका लागि तपाईँले आफ्नो आईपी ठेगाना परिवर्तन गर्नुपर्ने हुन्छ र विशेष ब्राउजर प्रयोग गर्नुपर्नेछ। यसबाहेक डार्क वेब सर्फिङका लागि ‘Anonymity Tools’ र धेरै अज्ञात टुलहरुको प्रयोग गर्नुपर्नेछ। डार्क वेबमा कस्ता गतिविधिहरू हुन्छन् भनेर तपाईँ हामीले कल्पना पनि गर्न सक्दैनौँ । डार्क वेबमा मानव बेचबिखन, लागुऔषध तस्करी, सरकारी गोप्य ह्याकिङ, बाल बेचबिखन, हतियार किनबेच र यस्ता धेरै खतरनाक कामहरू हुन्छन् ।

डार्क वेब बजारमा ‘साइनाइड’जस्ता विषहरू बेचिन्छन्। डार्क वेबमा कतिवटा वेबसाइटहरू छन् र यी वेबसाइटहरूमा कसले के गर्छ ? तिनीहरूलाई पत्ता लगाउन एकदम गाह्रो छ। डार्क वेबका डिलरहरूले कसलाई के–कसरी बेच्छन् यसबारे जान्नु पनि निकै गाह्रो काम हो ।
क्रिप्टोकरेन्सी पनि डार्क वेबकै हिस्सा
क्रिप्टोकरेन्सी पछिल्लो समय नेपालमा धेरै चर्चामा रहेको छ । क्रिप्टोकरेन्सीका भुक्तानीको लागि पनि डार्क वेब नै प्रयोग गरिन्छ । जसले ब्लक चेन सुरक्षाको काम गर्दछ। डार्क वेबबाट कारोबार हुने भएकाले नै कसले कहाँबाट रकम कसलाई दियो भन्ने पत्ता लाग्दैन ।
क्रिप्टोकरेन्सी पनि एक भर्चुअल मुद्रा हो जुन इनटरनेटको प्रयोगबाट चल्ने गर्छ । अनलाइनबाट पैसा जस्तै संकेत हुने भर्चुअल पैसा नै क्रिप्टो करेन्सी हो । यसको भौतिक स्वरूप भने देख्न सकिँदैन । हाल क्रिप्टोकरेन्सीको बिटक्वाइन, इथेरेम, टिथर, एक्सआरपीक्यासलगायतका सैयौँ क्रिप्टोकरेन्सीहरू प्रचलनमा छन् ।

डार्क वेबलाई किन खराब मानिन्छ ?
डार्क वेबको नाम खराब हुनुको कारण भनेको यसले इन्टरनेटमा आपराधिक क्रियाकलापलाई सघाउनु नै हो । किनभने डार्क वेबको सहयोगले मानव बेचबिखन, लागुऔषध तस्करी, सरकारी गोप्य गोप्य ह्याकिङ, बाल बेचबिखन, हतियार किनबेच र यस्ता धेरै खतरनाक कामहरू हुन्छन् । साथै ह्याक्ड भएका नेटफ्लिक्स अकाउन्टमा पनि डार्क वेबको पहुँच पुर्याउन सकिन्छ ।
तर डार्क वेब खालि आपराधिक क्रियाकलापको लागि मात्र अस्तित्वमा आएको भने होइन । यसका केही कारणहरु पनि छन् । बन्दुक, लागुऔषध र इलिगल पोर्न हेर्नबाहेक यहाँ लगइन गर्नका अन्य राम्रा कारणहरु पनि छन् ।

डार्क वेबको पछाडि ‘डट अनिएन’
डार्क वेबमा वेबसाइटहरूको डोमेन नामहरू धेरै सुरक्षित र इन्क्रिप्टेड हुन्छन्। तिनीहरूको पछाडि कुनै ‘डट कम’ वा ’डट इन’को प्रयोग भएको हुन्न । यस्ता वेबहरुको पछाडि ‘डट अनिएन’को प्रयोग गरिन्छ ।
डार्क वेब कसरी सुरु भयो ?
यो अमेरिकाले ९० को दशकमा सुरु गरेको थियो । अमेरिकी सेनाले विश्वभरका आफ्ना एजेन्टहरूसँग खुफिया जानकारी साझा गर्न डार्क वेब सिर्जना गरेको थियो । अमेरिकाले आम जनताका लगि पनि डार्क वेब सुरु गरेको थियो । डार्क वेबमा धेरै प्रयोगकर्ता भएसँगै त्यहाँका गोप्य सूचनाहरु बाहिरी मानिस कसैले पनि पत्ता लगाउन नसक्ने भयो ।
![]()
हामीले झुकिएर पनि कहिल्यै डार्क वेब प्रयोग गर्नु हुँदैन। गुप्तचर एजेन्सीहरूको नजर सधैँ डार्क वेबमा हुन्छ। डार्क वेब प्रयोग गरेपछि तपाईँले के प्रयोग गर्दै हुनुहुन्छ यसलाई सजिलै ट्रयाक गर्न सकिन्छ । डार्क वेब प्रयोग गरेको कारण तपाईँ पक्राउ पनि पर्न सक्नुहन्छ । डार्क वेबको प्रयोगले तपाईँको उपकरणमा मालवेयर आक्रमण हुन सक्छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया