ललितपुर । ललितपुर महानगरपाकिालले स्मार्ट सडक बत्ती जडान भएका चारवटा रुटमा सीसीटीभी क्यामेरा जडान गर्ने भएको छ ।
महानगरले बाग्मती पुलबाट जावलाखेल–लगनखेल हुँदै सातदोबाटोसम्म, हिमालय होटल, पाटन ढोका, अशोक हल, क्वाल्खु हुँदै मंगलबजार–लगनखेलसम्म, पुल्चोकबाट मंगलबजार हुँदै ग्वार्कोसम्म ६६९ वटा स्मार्ट सडकबत्ती जडान गरिसकेको मेयर चिरीबाबु महर्जनले जानकारी दिए ।
उनका अनुसार दोस्रो चरणअन्तर्गत चक्रपथबाहिरका खोकना, बङमती, हरिसिद्धी, सुनाकोठी, धापाखेलमा स्मार्ट सडक बत्ती जडानको काम सुरु हुँदै छ ।
ललितपुर महानगरभित्र पर्ने चक्रपथमा पनि स्मार्ट सडक बत्ती जडानको तयारी भइरहेको उनले जानकारी दिए ।
महानगरले स्मार्ट सडक बत्ती र सीसीटीभी क्यामेरा जडानलाई सँगसँगै अघि बढाउनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया