मोटरहेडले ५ दिने एक्सचेन्ज कार्यक्रम सञ्चालन गर्ने

लोकपथ
84
Shares

काठमाडौं । मोटरहेड ब्राण्डका नेपालका लागि आधिकारीक वितरक एस.एल.आर टेक्नो एण्ड ट्रेडले यही माघ १९ गते देखि लागू हुने गरी ५ दिने एक्सचेन्ज कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

उपत्यका भित्रका सबै शोरुमहरुमा लागू हुने गरी उक्त कार्यक्रममा कम्पनीले यस पटक पुरानो वाइकको बजार मूल्यांकनमा थप २० हजार दिने भएको हो ।

यसअघि कम्पनीले थप मुल्यांकनमा १५ हजार दिने गरेको थियो । यसका साथै, उक्त पाँच दिने कार्यक्रम एक्सचेन्ज गरी नगद मै मोटरहेडका वाइक खरीद गर्दा १० हजार छुट र फाइनान्स खरीदमा ८ हजार रुपैयाँ छुटको व्यवस्था गरेको छ ।

उपत्यका भित्र कम्पनीको ५ ठाउँमा शोरुम रहेको छ । धोविघाट, सल्लाघारी, टेकु, चावहिल र बालाजुमा रहेको शोरुमहरुबाट आफूले पाइक पर्ने गरी यो अफरको फाइदा लिन सकिन्छ ।

बजारमा राम्रो प्रवेश गर्न सफल यस ब्राण्डका हाल ७ मोडल रहेका छन् । जसमा अफ रोड राइडका लागि Sports-250, X-Torque 250, MH-200X र रोड अफरोड दुवैलाई हुने गरी Tekken 250, Tekken 250 R (New Edition) , MH 150R र Scrambler रहेका छन् ।

मोटरहेडका बाइकहरुको मूल्य ३ लाख ५ हजारदेखि लिएर ४ लाख ५५ रुपैयाँसम्मको रहेका छन् । कम्पनीले बिक्रीलाई सहज बनाउन र ग्राहकलाई सजिलो महसूस गराउन विभिन्न रिकण्डिसन र फाइनान्सहरुसँग सहकार्य गरी अघि बढेको जानकारी कम्पनीले दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?